काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ । सभा कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, सानोर्भयाङ, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले बताएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्नुको साथै आगामी आर्थिक वर्ष २०७७/७८को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
त्यस्तै, सभामा आय व्यय विवरण वासलात, हिसाव नगदमाथि छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पेश हुँदैछन् ।