काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५२ दशमलव ३९ अंकले घटेर २,९६९ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । फसर््ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।