काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारण सभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण स्थगित उक्त साधारण सभा कम्पनीले असार २३ गते केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा साधारण सभाको मिति तय गरेको थियो ।
साधारण सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले बैैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले बैैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागी हुन पाउनेछन् ।