काठमाडौं । नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १ करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अब आजदेखि उक्त शेयर कारोबारयोग्य भएको छ । शेयर साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीहरुले सिटिजन्स बैंकको नामबाट कारोबार गर्न सक्नेछन् ।