काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्तलाई प्राथमिक साधारण शेयर(आईपीओ) निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले संस्थालाई जेठ ३० आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
संस्थाले गत फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।
संस्थाले एक सय रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक साधारण शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।