काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३,०२५ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर बढेको छ भने ८५ वटा कम्पनीको शेयर घटेको छ ।
आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनकिो कारोबार भएको छ । कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख रुपैयाँको शेयर करोबार भएको छ । लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।