काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनश शेयर वापत लाग्ने कर वापतको रकम भुक्तानी गर्न आग्रह गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ को कर भुक्तानी गर्न बाँकी रहेका शेयरधनीहरुलाई कर वापतको रकम बैंकमा जम्मा गरी सो को भौचर क्यापीटलमा पठाउन भनेको छ ।
बैंकले गत आर्थिक वर्ष ६ प्रतिशत र अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांश भने बैंकले नदिएकाले शेयरधनी आफैले जम्मा गर्नुपर्ने छ ।
बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी शेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नारायणहिटिपथ, काठमाडौंमा रहेको खातामा जम्मा गर्न आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल रहेको छ ।