काठमाडौं । मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।लघुवित्तको जेठ २९ गते शनिबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोको राजीनामा स्वीकृत गर्दै न्यौपानेलाई जिम्मेवारी दिएको हो ।न्यौपानेले यसअघि संस्थाको नायव कार्यकारी प्रमुख रहेका थिए ।
उक्त बैठकले प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाशका लागि दिएको राजीनामा असार १ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको छ ।