काठमाडौं । आज शुक्रवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रदको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३४३ रुपैयाँ कायम गरेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको अघिल्लो कारोबारको दिन बिहीवारको अन्तिम शेयर ५८६ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।