काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले उक्त हकप्रद शेयरमा आज जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।