Connect IPS
IME Life

सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन अगाडिनै संस्थापक शेयरधनीलाई १९.११८ प्रतिशत अग्रिम लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले संस्थापक शेयरधनीको हिस्सा बढाउन अग्रिम लाभांस घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी तीन अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर प्रदान गर्ने सिफारिस गरेको छ । उक्त लाभांस पारितका लागि असार १० गते विहीबार विशेष साधारणसभा बोलाइएको छ ।

प्रस्तावित बोनस शेयर ६५ करोड रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले प्राथमिक शेयर निष्काशन अगाडि जगेडामा भएको रकम पनि संस्थापकहरुलाई नै वितरण गर्ने रणनीति लिएको छ । अर्को तर्फ बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा आर्जन भएको प्रिमियम पनि लिन खोजेको छ । यसमा संस्थापक शेयरधनीहरुले राम्रो बठ्याई गरेका छन् ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्ष भित्रै बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाए पनि पब्लिक कम्पनीमा रुपान्तरण भए पछि पुर्ण रुपमा एक आर्थिक वर्षको लेखापरिक्षण हुनु पर्छ । त्यसैले गर्दा साउन भदौबाट मात्रै कम्पनीको प्राथमिक शेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने छ ।

कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर जारी गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको छ । अहिले प्रस्ताव गरेको बोनस शेयर पछि कायम भएको पूँजीका हिसावले सर्वसाधारणको शेयर हिस्सा १२.९० प्रतिशत हुनेछ । सर्वसाधारण समुहको शेयर थोरै बनाएर दोस्रो बजारमा पनि कम्पनीले राम्रो मूल्य काम राख्न खोजेको देखिन्छ ।

संस्थापकहरुको जस्तो सुकै स्वार्थ रहेता पनि शेयर बजारमा उत्पादन तथा प्रसोधनमुलक क्षेत्रका कम्पनीको संख्या बढ्ने छ । नेपालमा बुल विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्नेमा सर्वोत्तम पहिलो हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS