काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २,९६० दशमलव १४ अंकको विन्दुमा कायम भएको छ । आज १ सय २१ वटा कम्पनीको शेयर मल्य बढेको छ भने ५४ वटा कम्पनीको घटेको छ । आज तीन उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।
आज १६ अर्ब ९५ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको कारोबार भएको छ । कम्पनीको १ अर्ब ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको ४७ करोड ८१ लाख रुपैयाँको शेयर करोबार भएको छ । यूनाइटेड मोदी हाइड्रो पावर कम्पनीको ३७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ३५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।