काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।
कम्पनीको जेठ २४ गते सोमबार बसेको संचालक समितिको बैठकले कम्पनीको सचिव रमाकान्त मणि नेपालको राजीनामालाई स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।
ढुंगानालाई जेठ २४ गतेदेखि लागु हुनेगरी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।