काठमाडौं । सरकारले आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप अभियान संचालन गर्ने भएको छ । आजदेखि खोप पाउने उमेर समूहलाई परिवर्तन गरी ६२ देखि ६४ बनाइएको जनाएको छ । यस अघि खोप लगाउन छुटेका सबैलाई पहिलो मात्र खोप दिन पनि यसै सुचनामा उल्लेख गरेको छ ।
हाल प्राप्त भएको खोप मात्राको आधारमा सो उमेर समुहमध्ये ६२ देखि ६४ वर्षका नागरिकहरुलाई खोप दिन योजना बनाई अभियान संचालन गर्न र खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समुहको माथिल्लो उमेलाई प्राथामिकतामा राखी खोप दिन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका (काठमाडौं। भक्तपुर र ललितपुर)को हकमा भने ६० देखि ६४ वर्ष उमेर समूहनै यथावत रहेको छ । त्यस्तै, हिमाली जिल्लामा भने तीब्बत सरकारसँग सीमा जोडिएका पालिकामा १८ वर्ष माथिका सबै नागरिकले खोप लगाउन सक्ने जनाएको छ । त्यसबाहेकका पालिकामा भने ६२ देखि ६४ उमेर समूहका मानिसलाई खोप दिइने जनाएको छ ।