Connect IPS
IME Life

निषेधाज्ञामा जीवन बीमा कम्पनीको टार्गेट ‘रिन्युअल प्रिमियम’ संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय भित्र्याउन सकिरहेका छैनन् । नयाँ बीमा पोलिसी बिक्री गर्न नसक्ने अवस्था सिर्जना भए पछि अधिकांश  कम्पनीहरु पुराना पोलिसीको रिन्युअल प्रिमियम संकलन तर्फ केन्द्रित हुन थालेका हुन् ।

पुराना जीवन बीमा कम्पनीहरुको रिन्युअल प्रिमियमको हिस्सा सबैभन्दा धेरै छ । अहिलेको अवस्थामा नयाँ विजनेस ल्याउन नसके पनि बीमितहरुलाई नविकरणका लागि ताकेता गर्न थालेका हुन् । अहिलेको समयमा नयाँ विजनेसका लागि भन्दा फोन गरेर भुक्तानी गर्नुहोस भन्न सजिलो भएकाले यता तर्फ केन्द्रित भएको बीमा कम्पनीहरु बताउछन् ।

Prabhu
Crest

नयाँ बिजनेस ल्याउन सक्ने हो भने कम्पनीका लागि सबैभन्दा राम्रो हो तर अहिले सम्भव छैन । कोभिड -१९ को संक्रमणको बाबजुत पनि बीमा कम्पनीहरु नयाँ व्यवसायका लागि अभिकर्ताहरुलाई प्रोत्साहन गरिरहेका छन् । प्रोत्साहन गर्दा गर्दै पनि नयाँ व्यवसाय भित्र्याउन सक्ने अवस्था भने छैन त्यसैले गर्दा पनि घरबाटै अभिकर्ता तथा बीमितलाई फोन गर्ने काम भइरहेको बीमकहरु बताउछन् ।

अहिले सम्पुर्ण कम्पनीहरुले आफ्ना शाखा सञ्जाल तथा अभिकर्ताको नेटवर्क मार्फत रिन्युअल प्रिमियमका लागि फोन म्यासेज गर्न थालेका हुन् । काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यका बाहिर पनि प्राय स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

रिन्युअल प्रिमियममा आकर्षित गर्नका लागि कतिपय बीमा कम्पनीले व्याज छुट दिनेसम्मका स्किम ल्याएका छन् । कतिपयले व्याज छुट गरिदिने तयारीमा छन् । प्रिमियम भुक्तानीका लागि पनि विभिन्न भुक्तानी सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर काम भइरहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । रिन्युअल प्रिमियमबाट बीमा कम्पनीहरुलाई राम्रो मुनाफा हुन्छ । नयाँ पोलिसी जारी गर्दा खर्च धेरै हुन्छ । अभिकर्ता  कमिसन तथा अन्य खर्च धेरै  हुन्छ । अहिलेको निषेधाज्ञाको समयमा बीमा कम्पनीलाई खर्च  घटाउन सजिलो उपाय पनि हो ।

बीमितहरुले इसेवा, आइमएमई पे, प्रभु पे, खल्ती, कनेक्ट आइपिएस लगायतका डिजिटल प्रणालीहरुलाई अनुबन्धित गरेर काम गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS