पर्शुराम कुँवर । हालै एक जना प्रभावशाली व्यक्तित्वले बैंकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण हो भनेर आरोप लगाउनु भयो । ब्रोकरहरुले सम्वन्धित पक्षलाई पैसा खुवाएको उहाँको आरोप छ । यो जे पायो त्यही भन्ने व्यक्तिले भनेको होईन ! यसले निश्चित रुपमा केही अर्थ राख्छ ।
बजारमा के पनि आरोप लागेको सुनिन्छ भने यी ब्रोकर कम्पनीहरुको वास्तविक / गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु हुन् । यिनीहरुले नै पक्षपोषण गर्ने गरेका छन् । यी आरोपहरुमा सत्यता छ कि भन्ने आशंका केही उदाहरणहरुले संकेत गर्दछ। जस्तै, अध्ययनको नाममा ब्रोकर कमिशन घटाउन चाहिने भन्दा बढी समय लिईयो, आफ्नै कार्यदलले सिफारिस गरे जतिको पनि घटाइएन र त्यो कमीशन दरलाई fixed rate को रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो /अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई/प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिन्थ्यो। गरिएन ।
बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाए भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा अमुक दर्शक भएर वसेका छन् । किन ? बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिन्छ, यो सही होईन । शेयर ब्रोकरी गर्ने, बीमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिटी किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन् ।
यी कार्यहरु गर्ने निश्चित सिमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भएको (विदेशी) बैकले यी काम गरेको देखेको छु ।
वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिएको छ । किन? सेटलमेन्ट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पसिन आउन थालेको छ।
ढुंगे युगमा नै नवसौं । अगाडी बढौं । महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणामको फरक आशा गर्नु पागलपन हो, मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं । फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु अत्याचार नगर्नु ।
(वरिष्ठ बैंकर पर्शुराम कुँवर को फेसबुकबाट साभार)