Connect IPS
IME Life

बाणिज्य बैंकको शेयरमा उछाल आउदा शेयर बजार ऐतिहासिक उचाइमा, किन बढ्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकको शेयरमा उछाल आउदा बजार खुलेको केहि समयमै नेप्से सूचक २९०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से सूचक १२ बजेर ७ मिनेटमा २९१९ अंकसम्म पुग्यो । बाणिज्य बैंकहरु भन्दा कमजोर विकास बैंक तथा फाइनान्सको शेयर मूल्य आकासिए सँगै आजदेखि राष्ट्रिय स्तरका बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

कारोबार सुरु भएको एक घण्टा भित्रै ५० अंकले नेप्से सूचक सुधार हुँदा अधिकाम्स बाणिज्य बैंकको शेयर मूल्य बढेको छ । तुलनात्मक रुपमा बाणिज्य बैंकहरुको शेयर सप्लाइ धेरै छ । थोरै मात्रै सुधार मा पनि बाणिज्य बैंकहरुको सप्लाइ आउने गरेको पाइन्छ ।

Prabhu
Crest

अहिलेसम्मको कारोबार पनि त्यस्तै देखिन्छ । अधिकाम्स बाणिज्य बैंकको शेयर ह्वात्तै बढ्यो । तर साढे १३ बजे पछ विस्तारै सप्लाइ आउदा सूचक ३० अंकको सुधारमै खुम्चिएको छ । सरकारले निषेधाज्ञा थप बढाएको छ । अझै पनि कोभिड १९ को संक्रमण नियन्त्रण बाहिर छ । निषेधाज्ञाकै अवधिमै ठुलो संख्यामा संक्रमित बढिरहेका छन् भने मर्नको सख्या पनि बढिरहेको छ । त्यसैले गर्दा अझै पनि केहि समय लकडाउन हुने अवस्था छ ।

यहि अवस्थामा ठुला ठुला लगानीकर्ताहरु बजारबाट बाहिर जान सक्ने अवस्था छैन । साना तथा ठुला लगानीकर्ताहरु केहि कमाउने अभिलासा सहित शेयर खरिद बिक्री गरिरहेका छन् । यसै क्रममा गएका दिनमा बजारमा सबैभन्दा सस्ता शेयर खरिद गर्ने होडबाँजी चलिरहेको छ । २०० भन्दा तल रहेका फाइनान्सको शेयर ५०० रुपैयाँदेखि १००० रुपैयाँको विचमा रहेर कारोबार भैरहेको छ ।

केहि समय अगाडि हाइड्रोपावरको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखियो । हाइड्रोपावरको शेयर आकासिए सँगै अहिलेको अवस्थामा सबैभन्दा सस्ता शेयर बाणिज्य बैंकहरुको मात्रै छ । अहिलेको अवस्थामा बाणिज्य बेंकहरुको वित्तीय विवरण धेरै राम्रो छ । सबै बैंकहरु लाभांस दिन सक्ने अवस्थामै छन् ।

लकडाउन तथा निषेधाज्ञाका कारण बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । कर्जा विस्तार रोकिदा बैंकहरुमा तरलता बढिरहेको छ । तरलता बढ्न थाले सँगै बैंकहरुले बोलाइ बोलाइ शेयरधितो कर्जा पनि प्रवाह गरिरहेका छन् । यसै क्रममा लगानीकर्ताहरु सस्ता बाणिज्य बैंकको शेयमरा झुम्मिएका हुन् ।

लगानीकर्ताको सस्ता बाणिज्य बैंकहरुको शेयरमा आकर्षण किन ?

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संख्या घटाउने नीति लिएको छ । यसै क्रममा साना साना बाणिज्य बैंकहरु ठुला बाणिज्य बैंकहरु सँग मर्जरका लागि वार्गेनिङ गरिरहेका छन् । यसै क्रममा मर्जरको हल्लाले पनि साना साना बाणिज्य बैंकको शेयरमा उछाल आइरहेको छ ।

पछिल्लो समय नेपाल बंगलादेश बैंक र नविल बैंकको मर्जरको हल्ला चलिरहेको छ । यसले गर्दा कमजोर वित्तीय विवरणका बाबजुत पनि नेपाल बंगलादेशको शेयर पनि बढिरहेको छ । त्यस्तै सनराइज बैक र एनआइसी एशिया बैंक मर्जर हुने हल्लाले पनि सनराइज बैंकको शेयर बढिरहेको छ । त्यस्तै सिभिल बैंकलाई लिएर विभिन्न बैंक सँग मर्जर हुन लागेको भन्दै हल्ला चलिरहेको छ । त्यस्तै सेञ्चुरी कमर्सियल, कुमारी, लक्ष्मी लगायतका बैंकहरुलाई पनि मर्जरको हल्ला चलाइएको छ । यसै क्रममा ठुला बाणिज्य बैंक भन्दा साना बाणिज्यहरुको शेयरमा उछाल आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS