Connect IPS
IME Life

पुनर्बीमाको अग्रता सहित सर्वाधिक धेरै कारोबार भएका ‘टप टेन’ कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा यस साता ६७ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको तीन अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक धेरै कारोबार हुने १० कम्पनीको मात्रै १४ अर्ब ८९ करोड रुपैयाँको भएको छ । १० कम्पनीको हिस्सा २१.९६ प्रतिशत रहेको छ ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीको यस साता २१ लाख १३ हजार ३६४ कित्ता शेयर खरिद बिक्री भएको छ । एक साताको औषत मूल्य १७०० रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा राधी विद्युत कम्पनी रहेको छ । कम्पनीले ३६.५ प्रतिशत बोनस शेयर घोषणा गरे सँगै दोस्रो बजारमा राम्रो मूल्य कायम भएको छ । यस साता राधिको मात्रै एक अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ ।

तेस्रो धेरै कारोबार हुनेमा लुम्बनी विकास बैंकको मात्रै एक अर्ब ५९ करोड रुफैयाँको भएको छ । साताको अन्तिम दिनमा बैंकको शेयर मूल्य ४९६ रुपैयाँ कायम भएको छ । चौथो धेरै कारोबार हुनेमा सानिमा माइ हाइड्रोपावर छ । सानिमाको एक अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । नियमित लाभांस दिदै आएको सानिमाको शेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांस प्रदान गरिसकेको छ ।

नियमित लाभांस दिदै आएको ज्योति विकास बैंकको पनि यस साता एक अर्ब २६ करोड रुपैयाँको खरिद बिक्री भएको छ । यस साता विकास बैंकको शेयरमा सार्वाधिक उछाल देखियो । यसै क्रममा अधिकाम्स विकास बैंक र फाइनान्सको शेयर कारोबार बढेको हो ।

अरुण काबेलीको पनि यस साता एक अर्ब १८ करोड रुपैयाँको खरिद बिक्री भयो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत लाभांस दिएको थियो । बजारमा लाभांस दिने कम्पनीले दिर्घकालिन कर्जा भुक्तानी गर्न हकप्रद निष्काशन गर्ने हल्लाले कम्पनीको सर्वाधिक धेरै कारोबार भयो । हल्लाको भरमा शेयर खरिद बिक्री हुँदा कारोबार रकम बढ्यो ।

यसै क्रममा इतिहासमै लाभांस नदिएको नेशनल हाइड्रोपावरको शेयर पनि सर्वाधिक बढ्न पुग्यो साथै कारोबार रकम पनि बढ्यो । एक सातामै नेशनल लाइड्रोपावरको एक अर्ब १८ करोड रुपैयाँको कारोबार भयो ।

मूल्यमा खासै उतारचढाव नदेखिएको नेपाल इन्फ्राष्ट्रक्चरको शेयर कारोबार पनि सर्वाधिक १० कम्पनी भित्र परेको छ । सातामा यस बैंकको एक अर्ब ९ करोड रुपैयाँको कारोबार भयो । नियमित लाभांस दिइरहेको युनाइटेड मोदीको शेयरमा पनि लगानीकर्ता आकर्षित भएका छन् । त्यस्तै १०० प्रतिशत हकप्रद शेयर निष्काशनको तयारीमा रहेको हाइड्रोइलेक्ट्रिसिटिको शेयर पनि यस साता एक अर्बको कारोबार भयो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS