Connect IPS
IME Life

प्राइम लाइफ १४ औ वर्षमा प्रवेश, उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा पहिचान बनाउन सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि  जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सफल भएको छ ।

कम्पनीले हालसम्म १७ लाख ३४ हजार ९८२ वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ । बीमितहरुबाट २१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । १४ वर्षको अवधिमा जीवन बीमा कोषमा १४ अर्ब रुपैयाँ जम्मा भैसकेको छ । तत्कालिन समयमा आएका नयाँ जीवन बीमा कम्पनीहरु मध्ये प्राइम लाइफको सम्पुर्ण सूचकहरु अगाडि देखिएका छन् । विभिन्न क्षेत्रमा कर्जा प्रवाह तथा लगानी मात्रै १५ अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बीमितले बीमालेख धितोमा राखेर एक अर्ब ४७ करोड रुपैयाँ कर्जा प्राप्त गरेका छन् । कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

Prabhu
Crest

मजबुत शुरुवात सँगसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन सफल भएको छ । कम्पनीले यसै अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।

अहिले सम्मको सफलताले आगामी वर्षहरुमा समेत अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको कम्पनीले जनाएको छ । भविश्यमा अझ बढि उत्तरदायी तथा व्यवसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न कम्पनी सक्षम हुने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले विश्वास व्यक्त गरे ।

५ वर्ष अगाडी बीमा समितले जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना ल्याए सँगै प्राइफ लाइफले  १६० प्रतिशत हकप्रद र  बोनस शेयर मार्फत पूँजी जुटाउन सफल भएको छ ।  आफ्ना शेयरधनीहरु सँग ९७ करोड ६३ लाख रुपैयाँ हकप्रद र बाँकी पूँजी बोनस शेयर मार्फत जुटाउन सफल भएको हो ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

कम्पनीले १४ औ वार्षिकोत्सव को उपलक्ष्यमा आजदेखि लागु हुने गरी पृथक किसिमको बीमा योजना “प्राइम शुभलाभ बीमा योजना” ल्याएको छ जस्ले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

शुरुवातदेखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने जानकारी दिए । ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ ।

हाल प्राइफ लाइफले देशभरका १५५ वटा शाखा कार्यालयबाट जीवन बीमा व्यवसाय गर्दै आएको छ । ३७८ जना कर्मचारी र ६५ हजार ३२८ जना अभिकर्ताको सञ्जाल मार्फत जीवन बीमा व्यवसायमा फड्को मारेको छ ।

उत्कृष्ट सेवा प्रवाहका साथ स्थापित प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्टताको प्रतिवद्धतामा थप निरन्तरता दिंदै नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS