काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति पाएको छ। केन्द्रीय बैंकबाट स्वीकृत पाएसँगै बैंकले अब १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
बैंकले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ :२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको थियो ।
हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार पुग्नेछ ।