काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङमार्फत अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने ‘पेडे लोन’ नामक नायँ योजना सार्वजनिक गरेको छ ।एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकायमा बैंकले ग्राहकलाई यस्तो सुविधा प्रदान गर्न लागेको हो ।
बिहीबार बैंकको मुख्य कार्यालयमा भर्चुअल कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् । बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले यस्तो कर्जा अधिकतम ३० दिनसम्मका लागि सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले योजना लोकप्रिय हुने बैंकको दाबी छ ।
बैंकमा दुई वर्षदेखि नियमित तलब खाता प्रयोग गरीरहेका ग्राहकले कर्जा चाहिए यो बैंकको मोबाइल एपबाट आवेदन दिन सक्नेछन् । कर्जाका लागि योग्य ग्राहक हो भने बैंकले नै लोन आवेदन गर्न मोबाइलमा सन्देश पठाउँछ ।