Connect IPS
IME Life

सातामा ११ बीमा कम्पनीको मूल्य बढ्यो,  नेपाल पुनर्बीमाको सर्वाधिक १४० रुपैयाँको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस साता दोस्रो बजारमा सूचिकृत ११ बीमा कम्पनीको मूल्य बढेको छ । सूचिकृत २९ कम्पनी मध्ये १९ वटाको मूल्य भने घटेको छ । यस साता सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य १४० रुपैयाँले बढको छ । नेपाल पुनर्बीमाको शेयर मूल्य बिहीबार १७६५ रुपैयाँ कायम भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण तथा साधारणसभा गर्न बाँकी छ । केहि समयमै कम्पनीले लाभांस घोषणा गर्ने हल्ला चलिरहेको छ । छैठौ वार्षिक साधारणसभाले पूँजी बृद्धि योजना ल्याउन सक्ने पुर्वानुमानले दोस्रो बजारमा कम्पनी शेयर मूल्य उचालिरहेको छ ।

यस साता एशियन लाइफको पनि १२ रुपैयाँले बढेको छ । एशियन लाइफले पनि आर्थिक वर्ष २०७६/७७ को साधारणसभा गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा लाभांस नदिएकोले जगेडा कोषमा ५४ करोड रुपैयाँ भन्दा धेरै छ । अन्य जीवन बीमा कम्पनीको भन्दा धेरै कम चुक्ता पूँजी रहेकाले राम्रो बोनस शेयर दिन सक्ने अनुमान गरिएको छ । यसले गर्दा कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ । लगानीकर्ताको यहि मूल्याङ्कन प्राइफ लाइफको शेयरमा पनि देखिन्छ । सातामा प्राइम लाइफको ४९ रुपैयाँले बढेर १०२४ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तयार पारेर साधारणसभा गर्न कम्तिमा पनि दुई महिना कुर्नु पर्ने कम्पनीहरु बताउछन् । कोभिड १९ तथा एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने भएकाले लेखापरिक्षणमा ढिलाइ भइरहेको छ । अवको दुई महिना जीवन बीमा कम्पनी शेयर मूल्यमा चहल पहल हुने देखिन्छ । तर निर्जीवन बीमा कम्पनीहरु मध्ये अधिकाम्सले साधारणसभा गरिसकेका छन् । यसले गर्दा यस साता अधिकाम्स निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा सुधार देखिदैन ।

बीमा समितिबाट हकप्रद शेयर निष्काशनको अनुमति पाएको आइएमई जनरलको यस साता ७८ रुपैयाँले गिरावट देखिएको छ । राष्ट्रिय बीमा कम्पनीले लाभांस वितरण गर्न अझै केहि समय लाग्ने समाचारले दोस्रो बजारमा यस साता २०० रुपैयाँ भन्दा धेरैको गिरावट भयो । बुक क्लोज पछि मूल्य समायोजन हुँदा यस साता सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २०२ रुपैयाँले घटेको छ । कम्पनीले १२ प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांस दिदै छ । अहिले शेयर किन्नले यो लाभास भने पाउदैनन् ।

त्यस्तै लम्बिनी जनरलको पनि मूल्य समायोजन पछि दोस्रो बजारमा मूल्य घटेको छ । यस साता कम्पनीको शेयर मूल्य ५० रुपैंयाँले घटेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस दिदै छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS