काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार )नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव ६७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता शेयर खरिदबिक्रि हुँदा १६ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ६८ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सका लगानीकताएले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
पञ्जकन्या माई हाईड्रोपावरको शेयर ५ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् भने राधी जलविधुत्का लगानीकर्ताले दरले गुमाएका छन् ।