काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २,८५६ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज १६ अर्ब ९० करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ६८ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ३३ रुपैयाँले बढेको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ ।