IME Life
GBIME

एभरेष्ट बैंक र श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग सम्झौता गरेको छ । बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एम. ए. फास्टमोव लि. अन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लीकेसनको दुवै एन्ड्रोइड र आईओएस मा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

Crest

यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नमा मद्दत गर्ने बताइएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS