काठमाडौं । साताको चौथौ कारोबारको दिन (वुधवार )नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २८२७ दशमलव १३ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा १ सय ६२ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३७ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । निर्धान उत्थान लघुवित्तको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ।
राधी हाईड्रोपावरको शेयर ७ दशमलव २३ प्रतिशतका दरले गुमाएका छन् भने नोपाल बंगलबादेशको डिभेञ्चर १ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् ।