काठमाडौं । आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३ सय ३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज कालिका पावर कम्पनीकोे शेयर १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार भएको लुम्बिनी विकास बैंकको शेयर ८ दशमलव २५ प्रतिशतले बढेको छ।
त्यस्तै, समिट लघुवित्त, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंैक, राधी जलविधुत्, लक्ष्मी इविक्टी फण्ड र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।