काठमाडौं । यस वर्ष पनि एसईई परीक्षा नहुने भएको छ । मन्त्रिपरिषद्को हिजो सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीहरुको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत वर्ष पनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिम कै कारण मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको जनाएको छ ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका आधारमा सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पाठाउने र प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले पास फेलको नतिजा तयार पारेर सार्वजनिक जनाइएको छ ।