Connect IPS
IME Life

कुथेली बुखरी स्मल हाइड्रोपावरले २ करोड ५० लाखको आइपिओ निष्काशन गर्दै, पायो राम्रो रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले २ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा कम्पनीमा गरिएको लगानी सुरक्षित रहेको संकेत प्रदान गर्छ ।

एक मेगावाट भन्दा कम अर्थात ९९८ किलोवाट क्षमताको यस कम्पनीले जनकपुरमा सुस्पा बुखरी खोला स्मल हाइड्रोपावर निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सन् २०१५ मै सम्पन्न भएर व्यवसायिक विद्युत उत्पादन गर्दै आएको छ । २४ करोड ८० लाख रुपैयाँमा निर्माण भएको यस आयोजनाले प्राथमिक शेयर निष्काशन गरेर दिर्घकालिन कर्जा तिर्ने योजना बनाएको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी ९ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थापक शेयरधनीहरुले आफ्नो तर्फबाट सम्पुर्ण पूँजी चुक्ता गरिसकेका छन् । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षमा कम्पनीले एक करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ९ महिनाको अवधिमा विद्युत विक्री गरेर मात्रै दुई करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले रेटिङ गरे सँगै अव नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि निवेदन दिने छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न पाउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS