काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २,७८२ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १३ अर्ब ९० करोड रुपैयाँको शेयर कारोबार हुँदा म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ता ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।