Connect IPS
IME Life

हिमालयन रि इन्स्योरेन्सले पायो लाइसेन्स, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षले बाजी मारे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स प्राप्त गरेको  छ । बीमा समितिले कम्पनीलाई प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । बीमा समिति स्रोतका अनुसार कम्पनीले प्रारम्भिक आशय पत्र प्राप्त गरेको हो । अव हिमालयन रि ले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ ।

बीमा समितले एउटा मात्रै कम्पनीलाई लाइसेन्स प्रदान गर्ने गरि गत बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म सार्वजनिक रुपमा प्रस्तावपत्र आह्वान गरेको थियो । प्रस्तावपत्र आह्वान गर्दा ५ वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये हिमालयन रि इन्स्योरेन्सले लाइसेन्स प्राप्त गरेको हो । नेपाल सरकारले समितिले प्रस्ताव लिएको १२ दिनमै लाइसेन्स प्रदान गरेको छ ।

Prabhu
Crest

खासै चर्चा नगरि एकाएक बीमा समितिमा निवेदन दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीले अन्तत बाजि मारेको हो । यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान तथा निवर्तमान गरि तीन जना अध्यक्ष रहेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल उद्योग परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीले नेपालमा पुनर्बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हिमालयनले लाइसेन्स पाए सँगै पुनर्बीमा बीमा व्यवसाय गर्ने कम्पनीको संख्या दुई वटा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS