Connect IPS
IME Life

गुराँस लाइफ १४ औ वर्षमा प्रवेश, जीवन बीमा कोषमा ९ अर्ब २३ करोड रुपैयाँ पुर्याउन सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १३ वर्ष पुरा गरि १४ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज भन्दा १४ वर्ष अगाडी आजकै दिन २०६५ जेठ १७ गतेदेखि विधिवत रुपमा बीमालेख जारी गरी जीवन बीमाको कारोबार शुभारम्भ गरेको थियो । कम्पनीलाई बीमा समितिले २०६४ चैत १८ गते आजीवन, सावधिक र म्यादी जीवन बीमा कारोबार गर्ने इजाजत प्रदान गरेको थियो ।

कम्पनीले स्थापनाको १३ वर्ष को अवधिमा जीवन बीमा कोष ९ अर्ब २३ करोड रुपैंयाँ पुर्याउन सफल भएको छ । त्यस्तै बोनस शेयर र हकप्रद शेयर जारी गरेर एक अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले अझै पनि बीमा समितिले निर्देशन गरेको दुई अर्ब रुपैयाँ पुर्याउन सकेको छैन । अहिलेसम्म कम्पनीको जगेडा कोषमा ५० करोड ४९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्म शेयरधनी सँग तीन पटक हकप्रद शेयर निष्काशन गरेर एक अर्ब ३५ करोड रुपैयाँ उठाएको छ । हालसम्म ५ पटक बोनस शेयर तथा नगद लाभांस वितरण गरेको छ । कम्पनीले तुलनात्मक रुपमा मुनाफा आर्जन गरेर लाभांस वितरण गर्ने भन्दा हकप्रद मार्फत शेयर पूँजी उठाएको छ ।

सुरुवाती वर्षमा धिमे गतिमा अगाडि बढेको गुराँस लाइफले पछिल्लो पूँजी बृद्धि पछि भने सिनर्जी पाएको छ । पूँजी बृद्धि सँगै कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख सुधार गर्दै आइरहेको छ । तर समयमा साधारणसभा हुन नसक्दा शेयरधनीले समयमा लाभांस पाउन सकेका छैनन्  । अर्को तर्फ कम्पनीले बीमितले प्राप्त गर्ने बोनस दर निर्धारण गर्न सक्दैनन् । त्यसैले गर्दा कम्पनीले आफ्नो साधारणसभालाई प्राथमिकता दिनु पर्ने देखिन्छ ।

कम्पनीले १३ औ वर्ष पुरा गरि १४ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा जीवन बीमा क्षेत्रमा अब्बल कम्पनिको रुपमा स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण बीमितहरु, अभिकर्ताहरु तथा शुभेच्छुकहरुमा कृतज्ञता व्यक्त गरेको छ । यस अवधिमा सधै मार्गदर्शन गर्नुहुने नियमनकारी निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय तथा शेयरधनीहरु, शेयर रजिष्ट्रार एवं सम्पुर्ण कर्मचारी र सरोकारवालाहरुमा हार्दिक आभार प्रकट गरेको छ । यसै अवधिमा कम्पनीले कम्पनीबाट प्रवाह गरिने सेवाहरु थप सरल विश्वसनिय एवं मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS