काठमाडौं । विद्यार्थीहरुलाई ल्यापटप खरिद गर्नका लागि ८० हजार रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत एक प्रतिशत व्याजदरमा उक्त कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका क्रममा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । यहि अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम ल्याइएको हो । सरकारले १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।