Connect IPS
IME Life

प्रभु सेलेक्ट फण्डको बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु सेलेक्ट फण्डको बाँडफाँड सम्पन्न भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ ।

सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS