काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थाको ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहको शेयर बैशाख ३१ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त शेयरको न्युनतम मूल्य ६ सय २६ रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।