Connect IPS
IME Life

बीमा कम्पनीले ५ वटा पास पाउने व्यवस्था कायमै, विहान वेलुका मात्रै आवतजावत गर्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार एउटा बीमा कम्पनीलाई ५ वटा सवारी पास प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । भोलिदेखि थपिएको एक साताको निषेधाज्ञामा जिल्ला प्रशासनले सुरुमा बीमा कम्पनीहरुले पाउने पासको संख्या घटाउने निर्णय गरेको थियो । तर दुई वटा मात्रै पासले नपुग्ने भए पछि प्रशासनले निर्देशन संसोधन गर्दै पुनः साविकमा दिइएको पासलाई निरन्तरता दिएको हो । समितिले कम्पनीलाई पहलो रङ्गको सवारी पास दिनेछ ।

प्रशासनको निर्देशन पछि बीमा समितिले पनि कम्पनीहरुलाई सम्पुर्ण शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । अवको एक साता उपत्यका भित्रका सम्पुर्ण बीमा कम्पनीहरुका शाखा कार्यालयहरु बन्द हुने छन् । केन्द्रिय कार्यालय पनि अधिकतम १० जना कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने छ ।

Prabhu
Crest

जिल्ला प्रशासनले अवको एक साता निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने निर्णय भएको छ । भोलिदेखि सर्वसाधारणले आवतजावत गर्दा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्नु पर्नेछ । मर्निङ वाल्क र इभिनिङ वाल्कलाई पनि बन्द गरिएको छ ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैक, बीमा,  इन्टरनेट प्रदायक संस्था र NCELL का सवारी साधनको हकमा बिहान ०९:३० बजे देखि १०:३० बजे सम्म र बेलुका ०५:०० बजे देखि १० बजे सम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्न पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS