Connect IPS
IME Life

लगानीकर्ताको मनोवल उच्च हुँदा दिन दिनै नयाँ रेकर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तिव्र गतिले उचालिएको शेयर बजारमा ब्रेक लगाउने राष्ट्र बैंकको प्रयास पटक पटक असफल भइरहेको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन लगानी गर्न रोक लगाएको थियो । राष्ट्र बैंकले केहि समयदेखि तिव्र गतिमा बढिरहेको बजारलाई रोक्ने गरि एक पछि अर्को पोलिसी जारी गरिरहेको छ ।

तेस्रो त्रैमासिक मौद्रिक नीतिको समिक्षा गर्ने क्रममा शेयरधनीकर्जाको मूल्याङ्कनको विधि नै परिवर्तन गरेको थियो । तर यसले बजारलाई केहि पनि असर गरेन । बिहीबार पुनः बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारबाट खरिद गरेको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । अल्पकालिन लगानीलाई निरुत्साहित गर्न राष्ट्र बैंकले पोलिसी जारी गरे पनि बिहीबार शेयर बजारले सर्वाधिक कारोबारमा ऐतिहासिक रेकर्ड तोडेको छ ।

Prabhu
Crest

अधिकांश समय हरियो देखिएको शेयर बजार अन्तिममा १ दशमलब २० अंकले मात्रै घट्यो । राष्ट्रपतीले गत शनिवार मध्यराती संसद विघठन गर्दा शेयर बजारमा ठुलै पहिरो जाने आकलन गरिएको थियो । सोहि आकलनले कारोबार खुलेको केहि समय बजारमा पहिरो गए पनि दुई घण्टामै बजार बाउन्स ब्याक हुँदै सुधार भएर रोकियो ।

उक्त घटनाले पनि लगानीकर्ताको मनोबल उच्च रहेको विश्लेषण गर्न सकिन्छ । लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले पछिल्लो समय दिन दिनै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । हरेक दिन अघिल्लो दिनको रेकर्ड तोडिइरहेको छ । बिहीबार सर्वाधिक १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भयो । एक डेड वर्ष अगाडि मुस्किलले दैनिक ३०/४० करोड रुपैयाँ कारोबार हुने गरेकोमा पछिल्लो समय एउटै कम्पनीको एक अर्ब भन्दा माथिको कारोबार हुन्छ ।

बजार तिव्र गतिले उचालिदा नोक्सानमा रहेका जलविदयुत कम्पनीको समेत मूल्य आकासिएको छ । विद्युत कम्पनीहरुले दिर्घकालिन कर्जा भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्न पाउने व्यवस्थाका लागि सुझाव पेश गरेको समाचारले केहि समयदेखि हाइड्रोपावर कम्पनीको शेयर मूल्य आकासिएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गर्दा गर्दा बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । तरलता धैरै हुँदा अन्तर बैंक व्याजदर घट्न थालेको छ । एकल अंकमा झरेको आधार व्याजदर केहि समयदेखि स्थिर छ। अझै केहि समय व्याजदर बढ्न सकेको छैन ।

बैंकमा तरलता बढ्न थाले सँगै ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्तालाई बैंकहरुले बोलाइ बोलाइ शेयर धितोकर्जा प्रवाह गरिरहेका छन् । तरलता बढ्न थाले पछि बोलाइ बोलाइ कर्जा दिने अनि तरलता घट्दै जान थाले पछि पुनः कडाई गर्ने प्रवृत्ती बढेको छ ।

अहिले अन्य क्षेत्रमा लगानी गर्न छुट्टाएको रकम शेयर बजारमा प्रयोग भैरहेको छ । व्यापार व्यवसाय गर्ने अधिकाम्स व्यापारी अहिले शेयर बजारमा छन् । अर्को तर्फ बैक तथा वित्तीय संस्थामा काम गर्ने र अन्य क्षेत्रका जागिरे पनि आफु सँग भएको थोरै थोरै बचत लिएर बजार प्रवेश गरेका छन् ।

अनलाइन प्रणालीका कारण सबैले घरमै बसेर शेयर कारोबार गर्न सकिन्छ । अनलाइन प्रणालीका कारण पनि पछिल्लो शेयर बजार सबैभन्दा धेरै सहज बन्दै गैरहेको छ । जेठको पहिलो सातादेखि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ठप्प छ । कर्जा ठप्प हुँदा तरलता बढ्ने र व्याजदर अझै घट्ने आकलन गरिएको छ ।

यसरी तिव्र गतिमा बढिरहेको बजारमा सबैभन्दा धेरै जोखिम हुने विश्लेषकहरु बताउछन् । यस्तो समयमा गरिएको लगानी जोखिमा पर्ने भए पनि अझै कमाउने अभिलासाले लगानीकर्ताले लगानी थपिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS