काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार )नेप्से परिसूचक १ दशमलव २० प्रतिशतले घटेर २८१५ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १५ वटा कम्पनीको ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
बिहीबार हालसम्मकै उच्च अर्थात् १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार रूपैयाँको कारोबार भएको छ । सोमबार १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रूपैयाँ बराबरको कारोबार भएर कारोबार रकमले रेकर्ड ब्रेक गरेको थियो । नेप्सेले आज सोही रेकर्ड तोडेको हो ।
आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली हाईड्रोपावरको ३७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, खानी खोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर र युनाईटेड मोदी हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अरुण काबेली पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले बढेको छ।
समता लघुवित्तको शेयर ५ दशमलव २३ प्रतिशतले घटेको छ भने मेरो माईक्रोफाइनान्सको शेयर ५ दशमलव ०६ प्रतिशतको दरले घटेको छ।