काठमाडौं । नेप्सेमा सनराइज ब्लूचिप फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि एसबिसिएफ सिम्बोल प्रदान गरिएको छ ।
क्यापिटलले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आईतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले फण्ड अन्तर्गत संचालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।