काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १६ रुपैयाँ २९ पैसा छ । फन्डको न्याभ चैत महिनाका तुलनमा २६ पैसाले घटेको हो । अघिल्लो महिना फन्डको न्याभ १६ रुपैयाँ ५५ पैसा थियो ।
एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ४७ लाख ३६ हजार रुपैयाँले घटेर ६४ करोड ६५ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । चैतमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६८ करोड १२ लाख ७४ हजार रुपैयाँ थियो । अघिल्लो महिनाको तुलनामा सूचीकृत कम्पनीको शेयरमा लगानी रकम समेत घटेको छ।
चैत महिनामा यसको बैंक मौज्दात ३१ करोड ७६ लाख ४८ हजार रुपैयाँ थियो । यसअवधिमा फन्ड ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।