काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । आगामी जेठ २२ गते हुने भनिएको उक्त लिखित परिक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ ।भन्सार विभागले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
कोरोना भाईरसबाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिने विभागले जनाएको छ ।साथै लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत प्रकाशन गरिने विभागले सूचनामार्फत जानकारी दिएको छ।