काठमाडौं । प्राइम कमर्सियल बैंकले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले कोभिड १९ विरुद्धको लडाईमा सहयोग गर्ने उद्देश्यले वीर अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
कम्पनीले कोभिड १९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करीब ३० लाख रुपैयाँ बराबरको पीपीई सेट, पोर्टेवल अक्सिजन सिलिन्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
कम्पनीको सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।