काठमाडौं । कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ।फन्डको न्याभ अघिल्लो महिनाको तुलनमा ७ पैसाले बढेर वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३४ पैसा कायम भएको छ । त्यस्तै, वैशाख मसान्तसम्म सूचीकृत कम्पनीको सेयर लगानी रकममा पनि वृद्धि भएको छ ।
यस महिनामा ४० करोड ७१ लाख ४७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा भने यस फन्डले सूचीकृत सेयरमा ३७ करोड ३६ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो ।
यसअवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल २४ वटा सूचीकृत कम्पनीको १८ लाख ९७ हजार ५२५ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ ।