काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार, सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता शेयर पाउनेछन् ।
विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार शुरु गरिने बताइएको छ । दुबै कम्पनीले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।