काठमाडौं । युनियन लाइफका प्रमुख कार्यकारी अधिकृतले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ५६ लाख ७२ हजार रुपैयाँ बुझेका छन् । कर्णले आर्थिक वर्ष २०७५/७६ मा ३१ लाख २० हजार रुपैयाँ तलब, अलाउन्सेस १६ लाख ८० हजार रुपैयाँ, ३ लाख १२ हजार रुपैयाँ सञ्चयकोष, ४ लाख रुपैयाँ दशै भत्ता, एक लाख ४४ हजार रुपैयाँ फोर्स लिभ बापत र अन्य सुविधा बापत १५ हजार ६०० रुपैयाँ प्राप्त गरेका हुन् । यो तलब भत्ता तथा अन्य सुविधा दुई आर्थिक वर्ष अगाडिको भएकाले अहिलेको समयमा यो भन्दा धेरै प्राप्त गर्छन् ।
यस आर्थिक वर्षमा कम्पनीका सञ्चालकहरुले तीन लाख १२ हजार ५०० रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा १३ वटा सञ्चालक समितिको बैठक बसेको थियो । अन्य उपसमितिहरुले बैठक भत्ता बापत एक लाख ४७ हजार रुपैयाँ बुझेका छन् ।
कम्पनीले आजै तेस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै छ । आजको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने छ । कम्पनीले यस बाहेक अझै गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधराणसभा सम्पन्न गर्न बाँकी छ ।