IME Life
GBIME

राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ ८ गते परिपक्क हुनेछ ।

SKYWELL
Crest

बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुने जनाएको छ ।

यस ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि बिक्री हुने जनाएको छ ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS