काठमाडौं । सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमा जेठ १५ गते नै अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । उनले जिम्मेवार ढङ्गले बजेट पेश गर्ने जिकिर गरे । सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई बजेटमा समावेस गर्ने भएको छ ।
यो वर्ष विकासको कार्यक्रमले महत्त्व पाएपनि ठूलो महत्वकाँक्षी बजेट नआउने ओलीले जानकारी दिए । बजेटको ठूलो हिस्सा कोभिड रोकथाममै केन्द्रित हुने उनले बताए । प्रधानमन्त्री ओलीले बजेटमा बृद्ध भत्ता बढाउन दवाव दिदै आएको चर्चा चल्न थालेको छ ।
कोरोना महामारी सँगै पछिल्लो राजीनितिक संक्रमणका विच अर्थमन्त्री विष्णु पौडेलले बजेट तयार पारिरहेका छन् । शनिवार राष्ट्रपति संसद विघठन गरे सँगै सरकारले संवैधानिक व्यवस्थाका कारण अध्यादेशबाटै बजेट ल्याउने तयारी गरेको हो ।