काठमाडौं । आज शेयर बजार नेप्से ३२ दशमलव ८१ अंकले बढेको छ । आज ११ अर्ब६९ करोड ५० लाख रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बीमाको ४१ करोड ८६ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २८ रुपैयाँले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको कम्पनीको शेयर मुल्य ६ रुपैयाँले बढेको छ ।
त्यस्तै, ज्योति विकास बैंकको २३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २३ रुपैयाँले बढेको छ । मेगा बैंकको २२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको शेयर मुल्य आज ३२ रुपैयाँले बढेको छ भने २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।