काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।
बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले भोलि कार्यलय अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाउनेछन् ।आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय ४९ रुपैयाँ निधारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त लिलामी शेयर खरिदका लागि आवेदकले न्यूनतम १ सय कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।