Connect IPS
IME Life

आधा दशकमै जीवन बीमा कम्पनीको पूँजी कोष तीन गुणाले बढ्यो, नेपाल लाइफको सर्वाधिक ८ अर्ब ३२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालका जीवन बीमा कम्पनीको पूँजी कोष ५१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । विगत ५ वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको पूँजी कोष झण्डै तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा जीवन बीमा कम्पनीहरुको पूँजी कोष १७ अर्ब २८ करोड रुपैयाँ थियो । यस आर्थिक वर्षमा जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४३ करोड रुपैयाँ थियो भने जगेडा कोषमा ८ अर्ब ८५ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा हेर्ने हो भने जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १२ अर्ब ८७ करोड रुपैयाँमा सिमित छ । यस अवधिमा बीमा समितिले पुराना जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न निर्देशन दियो भने नयाँ १० वटा जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गर्यो । समितिले ५० करोडको पूँजीलाई एकैट पटक २ अर्ब पुर्याउन निर्देशन दिदा कतिपयले बोनस शेयरबाटै पूँजी जुटाए भने अधिकाम्सले बोनस शेयर हकप्रद मार्फत जुटाउन सफल भए । नयाँ लाइसेन्स पाएका १० कम्पनी मध्ये तीन वटाले प्राथमिक शेयर निष्काशन गरेर चक्ता पूँजी २ अर्ब नघाउन सफल भएका छन् भने बाँकी ७ वटा प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयाँमा छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको पूँजी ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा मात्रै जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँले बृद्धि भएको छ । तीन कम्पनीको प्राथमिक शेयर र केहि कम्पनीको बोनस शेयरका कारण कम्पनीको पूँजी बढेको हो ।

पूँजीका हिसावले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा बलियो छ । तर जगेडा कोषका हिसावले हेर्ने हो भने मेट लाइफ बलियो छ । अमेरिकन जीवन बीमा कम्पनी मेटलाईफको शाखाको रुपमा सञ्चालन भएकाले मेट लाइफको चुक्ता पूँजी छैन ।

चुक्ता पुँजी र महाविपत्ती कोषमा नेपाल लाइफ अघि देखिएपनि जगेडा कोषमा भने मेट लाइफ इन्स्योरेन्स कम्पनी अघि रहेको कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । कोरोना महामारीको पहिलो लहरले जीवन बीमा कम्पनीहरुको व्यवसायमा खासै प्रभाव परेको देखिदैन ।

चुक्ता पुँजीको आधारमा

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुराउनुपर्नेछ । जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै चुक्ता पुँजी रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ७ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने लाइफ इन्योरेन् कर्पोरेशन (नेपाल)को चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

पुराना १० जीवन बीमा कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र गुराँस लाइफ इन्स्योरेन्स र भने २ अर्ब चुक्ता पुँजी पुराउन सकेको छैन । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने लामो समयदेखि लेखापरिक्षण तथा साधारणसभा गर्न नसक्दा चुक्ता पुँजी बढाउन सकेको छैन ।

त्यस्तै आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेका ७ जीवन बीमा कम्पनी मध्ये सिटिजन लाइफको चुक्ता पुँजी सर्वाधिक १ अर्ब ७५ करोड रहेको छ भने दोश्रोमा युनियन लाइफको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । बाँकी सबै कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड , आईएमई लाइफले ६० करोड, महालक्ष्मी लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ निष्काशन गर्दैछन् ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा मेट लाइफ इन्स्योरेन्स कम्पनी अघि देखिएको छ। दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। भने तेस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

तेस्रो त्रैमासको अवधिसम्ममा मेट लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड रुपैयाँ रकम संचित रहेको छ। नेपाल लाइफको १ अर्ब १२ करोड रुपैयाँ रकम संचित रहेको छ।

त्यस्तै, रिलायल लाइफको ८२ करोड ३२ लाख रुपैयाँ, नेशनल लाइफको ८१ करोड १७ लाख, सूर्या लाइफको ८० करोड ८५ लाख रुपैयाँ, सिटिजन लाइफको ७६ करोड ५७ हजार, यूनियन लाइफको ७३ करोड ७ लाख रुपैयाँ, एशियन लाइफको ७३ करोड ४ लाख रुपैयाँ, प्राइम लाइफको ६२ करोड ५२ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालको ६१ करोड १४ लाख रुपैयाँ रकम जगेडा कोषमा संचित रहेको छ।

त्यस्तै, ज्योति लाइफको ६० करोड ४ लाख रुपैयाँ, गुराँस लाइफको ५२ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफको ४५ करोड ५ लाख रुपैयाँ, प्रभु लाइफको ३६ करोड ६० लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ३३ करोड ६० लाख रुपैयाँ, सन नेपाल लाइफको ३३ करोड ३२ लाख रुपैयाँ, सानिमा लाइफको २० करोड ६३ लाख रुपैयाँ, रिलायन्स लाइफको २० करोड ५७ लाख रुपैयाँ र महालक्ष्मी लाइफको १६ करोड ८ लाख रुपैयाँ जगेडा कोषमा रकम संचित रहेको छ।

महाविपत्ति कोषको आधारमा

तेस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा महाविपत्ति कोषमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल)ले रकम देखाएको छैन ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा सबैभन्दा धेरै रकम संचित रहेको छ। कम्पनीको महाविपत्तिकोषमा ५९ करोड ८९ लाख रुपैयाँ रकम संचित रहेको छ।

नेशनल लाइफ इन्स्योरेन्सको महाविपत्तीकोषमा २९ करोड रुपैयाँ रहेको छ भने मेट लाइफको महाविपत्तिकोषमा २६ करोड ६१ लाख रुपैयाँ, प्राइम लाइफको १४ लाख ७६ करोड रुपैयाँ र सूर्या लाइफको १४ करोड ३९ लाख रकम महाविपत्तिकोषमा संचित रहेको छ ।

त्यस्तै, एशियन लाइफको ९ करोड ८ लाख रुपैयाँ, यूनियन लाइफको ८ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफको ७ करोड १९ लाख रुपैयाँ, ज्योति लाइफको ६ करोड ६७ लाख रुपैयाँ, गुराँस लाइफको ५ करोड ५८ लाख रुपैयाँ र आइएमई लाइफको ५ करोड ५६ हजार रुपैयाँ रकम महाविपत्तिकोषमा रकम संंचित रहेको छ ।

त्यस्तै, सन नेपाल लाइफको ३ करोड ६९ लाख रुपैयाँ, प्रभु लाइफको २ करोड ५७ लाख रुपैयाँ, रिलायन्स लाइफको २२ करोड ८५ लाख रुपैयाँ, सानिमा लाइफको २ करोड २८ लाख रुपैयाँ र महालक्ष्मी लाइफको १ करोड ७८ करोड रुपैयाँ रकम संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS